एमाले महाधिवेशन : कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

दक्ष खबर 15672+ समाचार ( )
२५ मंसिर २०८२, बिहीबार

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा हुँदै छ । महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधिका कारण यहाँ आज चहलपहल बढेको छ ।

विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिका कारण उद्घाटनस्थलमा घुइँचो लागेको थियो । उद्घाटनस्थलमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरदेखि भक्तपुरसहित उपत्यकाका ऐतिहासिक, पुरातात्विक सम्पदा र परम्परा झल्कने गरी मञ्च तयार गरिएको छ । मञ्चको दायाँबायाँ हिमाल झल्किने आकृति निर्माण गरिएका छन् ।

आज रातभर पनि उद्घाटनस्थलमा मञ्चलगायत विभिन्न संरचना निर्माण कार्य जारी रहने मञ्च निर्माणमा खटिनुभएका नेकपा (एमाले) भक्तपुरका जिल्ला उपाध्यक्ष एवं बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिनुभयो । ऐतिहासिक सांस्कृतिक सम्पदाले भरिपूर्ण भक्तपुरको सम्पदाको झल्को दिनेगरी मल्लकालीन शैलीमा चाँगुनारायण मन्दिरको स्वरुपमा मञ्च निर्माण गरिएको उहाँले बताउनुभयो ।

उद्घाटनस्थलको मञ्चमा नेवारी कला, संस्कृति झल्कने दृश्य राखिबएका छन् । उद्घाटनका दिन करिब तीन लाख व्यक्ति बस्न मिल्ने व्यवस्था गर्न लागिएको उपाध्यक्ष थापाले जानकारी दिनुभयो । एमालेको ११औँ महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार