एसईईको नतिजा एक साताभित्रै सार्वजनिक गर्ने बोर्डकाे तयारी

दक्ष खबर 16481+ समाचार ( )
८ आषाढ २०८१, शनिबार

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने गरी तयारी अघि बढाएकाे छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजाका लागि देशभरबाट सम्पूर्ण विवरण आइसकेको र प्राप्तांकलाई कम्युटरमा प्रविष्ट र रुजु गर्ने काम अघि बढाएकाे हाे ।

बोर्डका अनुसार एसईईमा पाँच लाख चार हजार ४१४ जना विद्यार्थीहरूले रजिस्ट्रेसन फाराम भरेका थिए । परीक्षा फाराम भरेकामध्ये चार लाख ७६ हजारले मात्रै प्रवेशपत्र लिएका थिए । तर परीक्षामा करिब चार लाख ७० हजार    विद्यार्थीहरू मात्र उपस्थित रहेकाे बोर्डले जनाएकाे छ ।

यस पटकदेखि परीक्षार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनै पर्ने प्रावधान रहेकाे छ । दुई विषयसम्म नन ग्रेडेड (एनजी) ल्याउनेलाई ग्रेडवृद्धिको मौका दिइने बोर्डले जनाएकाे छ ।

यस पटकदेखि परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गरिने छ। गत वर्षसम्म नौ वटा ग्रेडमा नतिजा प्रकाशन गर्ने गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार