केएमसीमा अवाकस प्रतियोगिता सम्पन्न, छ जना विद्यार्थीहरू विजेता

दक्ष खबर 16456+ समाचार ( )
१४ पौष २०८१, सोमबार

काठमाडौँ । एलरोज एजुकेसनको आयोजनामा केएमसी स्कुलमा 'अवाकस' प्रतियोगिता सम्पन्न भएको  छ । शुक्रबार आयोजित एक समारोह बिच विभिन्न पाचँवटा चरणमा विद्यार्थीहरूले प्रतियोगितामा सहभागीता जनाएका थिए । 

जसमा पहिलो समुहमा राधा बानियाँ, दोस्रोमा अमुल अधिकारी, तेस्रोमा प्रवचन ज्ञवाली, चौथोमा सम्भवी आचार्य र पाँचौमा आर्यान पनेरू र  आइश रेग्मी विजयी भएका छन् । विजेता विद्यार्थीहरूलाई केएमसी स्कुलका प्रधानाध्यापक द्वारिका अमगाई र एलरोज एजुकेसनका निर्देशक  लिरा पोख्रेलले प्रमाणपत्र र ट्रफी प्रदान गर्नुभएको थियो । 

"प्रतियोगितामा करिब दुईसय हाराहारी विद्यार्थीहरूको सहभागीता रहेको र जसमध्ये छ जना विजयी उत्कृष्ट भएको," एलरोज एजुकेसनका निर्देशक  लिरा पोख्रेलले बताउनुभयो । उहाँले, 'अवाकसको ज्ञानले विद्यार्थीहरूमा फरक क्षमता अभिवृद्धि हुने बताउनुभयो । '

"अवाकसले विद्यार्थीमा अद्वितीय क्षमता अभिवृद्धि गरेको ,"केएमसी स्कुलका प्रधानाध्यापक द्वारिका अमगाईले बताउनुभयो । उहाँले, "गणितीय क्षमतालाई आत्मसात गर्न अवाकस आवश्यक रहेकाले यो विषय अनिवार्य रूपमा नै पठनपाठनमा ल्याइएको बताउनुभयो । " 

केएमसी स्कुल अतिरिक्त क्रियाकलाप सँगसँगै पठनपाठनमा उत्कृष्ट विद्यालयका रूपमा परिचित रहेको छ । त्यस्तै, एलरोज एजुकेसनले विद्यार्थीहरूमाझ क्षमता अभिवृद्धि गर्ने हेतुले विभिन्न विद्यालयका विद्यार्थीहरू बिच अवाकसमा विभिन्न प्रतियोगिताहरू सञ्चालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार