कामपा - ८ द्वारा पशुपति क्षेत्रको भण्डारखाल बगैँचामा वृक्षरोपण

दक्ष खबर 16456+ समाचार ( )
२३ जेठ २०८१, बुधवार

 काठमाडौँ । विश्व वातावरण दिवसका अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको भण्डारखाल बगैँचामा विभिन्न जातका एक हजार ५०० बिरुवा रोपिएको छ ।   

काठमाडौँ महानगरपालिका–८ को संयुक्त आयोजनामा कपुर, समी, असारेलगायत जातका एक हजार पाँच सय बिरुवा रोपिएको हो । 

काठमाडौँ–८ का वडाध्यक्ष आशामान संगतले पशुपति क्षेत्रका अन्य खुला स्थानमा पनि वृक्षरोपणका लागि बिरुवा उपलब्ध गराउने प्रतिबद्धता जनाउदैँ पशुपति क्षेत्रको भण्डारखाल बगैँचामा विभिन्न जातका एक हजार ५०० बिरुवा रोपिएको जानकारी दिनुभयाे । 

सो अवसरमा कोषका सदस्य सचिव डा मिलनकुमार थापाले मानव कल्याणका लागि प्रकृतिको संरक्षण गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रकृतिको संरक्षणका लागि प्रत्येक व्यक्तिले प्रत्येक वर्ष कम्तीमा एउटा बिरुवा रोपेर हुर्काउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

आज रोपिएका सबै बिरुवा वडा कार्यालयले उपलब्ध गराएको हाे ।  वृक्षरोपण कार्यक्रममा कोषका पदाधिकारी एवं परिषद् सदस्यलगायत कर्मचारी वडा कार्यालयका जनप्रतिनिधि एवं कर्मचारी, महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख समाजसेवी केपी खनाल, मिस नेपाल अर्थ डा. सारिशा श्रेष्ठ लगायतलगायत प्रहरीको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार