सभामुखले विवेक गुमाए, आन्दोलन रोकिन्न : हरि ढकाल

दक्ष खबर 15672+ समाचार ( )
७ आषाढ २०८२, शनिबार

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सभामुख देवराज घिमिरेले आफ्‌नो विवेकको सही रुपमा सदुपयोग नगरेको आरोप लगाएका छन् । 

शनिबार रास्वपाको तेस्रो स्थापना दिवसका अवसरमा बोल्दै उनले आफ्‌नो पार्टीको असहमतिका बाबजुद पनि सदन चलाउनु ठिक नभएको र यसलाई सरकारले गम्भीर रुपमा नलिएको बताए ।

उनले आफूहरुले अघि सारेका पाँच बुँदे माग पुरा नहुँदासम्म संसदमा आन्दोलन जारी राख्ने बताए । उनले आउने महाधिवेशनमा पनि संविधानले दिएसम्म पार्टीको सभापति रवि लामिछाने नै हुने बताए ।

‘जुन उद्देश्यले पार्टी खोलेका थियौं त्यसमै अडिन भएर काम गरि रहेका छौं । पार्टी सभापतिले कारागरमै रहेपनि देश बनाउने जुन अभियान सन्चालन गर्नुभयो त्यो निरन्तर रहन्छ र विचार बन्दक हुँदैन्,’ उनले भने ।

‘रास्वपा स्थापनाकालदेखि नै उतारचढाबपूर्ण अवस्थामा छ । यथास्थितीमा रमाउने दलहरुले राजनीतिक प्रतिशोध साँधेका छन् । तथापि देशैभरि सांगठनिक अभियान व्यापक रुपमा चलिरहेको छ । जनताको आवाज बोल्ने कोशिसमा छौँ,’ उनले अगाडि भने,‘ यसैविचमा भिजिट भिसा प्रकरणको लागि आन्दोलनमा उत्रिनुपर्यो ।  जुन उद्देश्यले पार्टी खोलेका थियौं त्यसैमै अडिन भएर काम गरि रहेका छौँ । नेतृत्वलाई जुन किसिमको प्रतिशोध साँधेर कारागार चलान गरिएको छ, त्यसमा कारागारका चारवटा भित्ता र टिनको छ्राँयाले आफ्‌नो विचारमा निर्भिक भएर देश बनाउने जुन अभियान सन्चालन गर्नुभयो त्यो निरन्तर रहन्छ र विचार बन्दक बनेको छैन ।’ 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार