निस्वार्थदेवी जननी ! विधात्री

सत्प्रेमकी मूल र बुद्धिदात्री ।
सु-स्नेह खानी सबमा अमूल्य
हाै धैर्यताकी प्रतिबिम्ब एक। १।
सही अनेकाैँ अपमान गाली
आमा ! तिमी स्वार्थ विहीन खाली।
सत्प्रेरणायुक्त पवित्र माया
बाँढ्छ्याै सबैमा समदृष्टि छाया। २।
जागा बसेका कति छन् कहानी
निमित्त मेरै न भन्याै जवानी ।
तिमी विरामी रहँदा थलामा
अड्किन्छ याे सास यसै गलामा।३।
बाँच्छ्याै तिमी दुःख सयाैँ सहेर
भिज्छन् सिरानी ममता वहेर ।
चाहिन्न ठुला सपना अनेक
खाेज्छ्याै सदा पुत्र भनेर एक। ४।
ती मातृवात्सल्य म खाेज्न जाऊँ
न्यानाे छहारी दिलमा सजाऊँ।
र स्नेहकाे दीप सँधै जलाऊँ
आमा! यही शब्द म बाेल्न पाऊँ।।५।।