पुननिर्मित बाटोको वडाअध्यक्ष आशामान संगत सहितको टोलिको अनुगमन

दक्ष खबर 12263+ समाचार ( )
२ भाद्र २०८०, शनिबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा -८ का वडाअध्यक्ष आशामान संगतले जयवागेश्वरीदेखि सिफल ढोकासम्मको पुननिर्माणको क्रममा रहेको बाटोको अनुगमन गर्नुभएको छ । 

शनिबार वडाअध्यक्ष संगत सहित बाटो पुननिर्माणको ठेक्का पाएको कम्पनीको ठेकेदार स्थानीयवासि सहितको सहभागीतामा बाटोको पुननिर्माणका विविध विषयको अनुगमन गरिएको हो । 

वडाअध्यक्ष आशामान संगतले, 'बाटोको पुननिर्माण सकेसम्म चाडैं सक्ने लक्ष्यमा आफुहरू रहेको र यसमा स्थानीय वडावासिहरूले समेत साथ सहयोग गर्नुपर्ने बताउनुभयो । ' 



उहाँले, बाटो पुननिर्माण आयोजनाको कवुल रकम १ करोड १ लाख ६४ हजार ३ सय ९८ रहेको र जसमा खरिद विक्रि सहित भ्याट बाहेकको रकम रहेको बताउनुभयो । 

उहाँले यस आयोजनाको पुनःनिर्माण कार्य रालुकादेवि निर्माण सेवाले काम गरिरहेको जानकारी दिनुभयो । संगतले उक्त बाटोमा ढुङ्गा विछ्याउन काम भईरहेको समेत जानकारी दिनुभयो । 

बाटो पुनः निर्माणको ठेक्का पाएको कम्पनीले तोकिएको समय अगाडि निर्माणकार्य सम्मन्न गर्ने योजना रहेको बताएको छ । बाटोमा पुरातात्त्विक संरचनाहरू नमासिने गरि पहिलाकै अवस्थामा फर्काउने हिसावले काम भईरहेको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार