मासिक सय अभियान नेपालको नवौं वार्षिक साधारण सभा सम्पन्र

दक्ष खबर 15665+ समाचार ( )
१५ भाद्र २०८२, आइतबार

काठमाडौँ । मासिक सय अभियान नेपालको नवौं वार्षिक साधारण सभा एवं जेष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रमको ६८औं श्रृङ्खला सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि रेडियो कर्मी अच्युत घिमिरे (बुलबुल), सभापति संस्थाका तत्कालीन अध्यक्ष सन्जय पोखरेल, विशेष अतिथि गोकर्णेश्वर–९ का वडाध्यक्ष राजिव थापा लगायत समाजसेवी, बुद्धिजीवी तथा शुभचिन्तकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सभापति सन्जय पोखरेलले संस्थाको नेतृत्व अर्को पुस्तालाई हस्तान्तरण गर्नु समाजका लागि महत्वपूर्ण सन्देश भएको उल्लेख गर्दै,“आज मासिक १०० अभियान नेपालको नवौं वार्षिक साधारण सभाबाट, ९ वर्षसम्म अध्यक्षको जिम्मेवारी बहन गर्दै मुटुको टुक्रा सरि मानेको यस पवित्र संस्थालाई माया र सद्भाव सदैव गर्ने प्रतिज्ञा गर्दै पद हस्तान्तरण गरेको छु । यो केवल पद हस्तान्तरण मात्र नभई—संस्थालाई अर्को पुस्तामा पुस्तान्तरण गर्न सकिन्छ भन्ने सन्देश पनि हो।”

नयाँ कार्यसमितिमा अध्यक्षमा विकास श्रेष्ठ, उपाध्यक्षमा जगन्नाथ चालिसे, सचिवमा संगिता सुवेदी, कोषाध्यक्षमा सुयन पौडेल, सदस्यहरूमा सुरेश सुवेदी, सुदिक्षा भण्डारी, देवकी अधिकारी, प्रतीक चापागाईँ, शिव ठकुरीलाइ निर्वाचित गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार