पुरु लम्सालको नाटक संग्रह ‘निऋति’ बजारमा

दक्ष खबर 16510+ समाचार ( )
१३ वैशाख २०८३, सोमबार

काठमाडौँ । नेपाली रङ्गमञ्चमा लामो समयदेखि सक्रिय नाटककार, निर्देशक एवं अभिनेता पुरु लम्सालको नयाँ नाटक संग्रह ‘निऋति’ पछिल्लोसमय बजारमा आएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यसमेत रहेका लम्साल लामो समयदेखि ‘नेपाली रङ्गमञ्चमा नेपाली नाटक’भन्ने अभियान चलाइरहेका अभियन्ता समेत हुन् ।

उनले विदेशी नाटकको प्रभावलाई कम गर्दै नेपाली माटो र परिवेशका नाटकहरू लेखिनुपर्छ र मञ्चन हुनुपर्छ भन्ने अभियानको नेतृत्व गर्दै आएका छन् ।

पुस्तकको भूमिकामा प्राध्यापक डाक्टर रामचन्द्र पोखरेलले लम्सालको नाट्ययात्रालाई नेपाली नाटकको इतिहाससँग जोडेर चर्चा गर्नुभएको छ। पोखरेलका अनुसार नेपाली नाटक लेखनमा बालकृष्ण समको उत्तराधिकारीका रूपमा अशेष मल्ल देखिए झैँ, मल्लको उत्तराधिकारीका रूपमा अहिले पुरु लम्साल सक्रिय छन् ।

लम्सालले नाटक लेखन, निर्देशन र अभिनय तीनवटै विधामा निरन्तर दिएको योगदानलाई कदर गर्दै डा. पोखरेलले उनलाई ‘बालकृष्ण समको नाती पुस्ताका नाटककार’का रूपमा चित्रण गर्नुभएको छ ।

नेपाली मौलिकता र रङ्गमञ्चीय अभियानलाई बुझ्न चाहने पाठक तथा रङ्गकर्मीहरूका लागि शिखा बुक्सले बजारमा ल्याएको यो संग्रह एक महत्वपूर्ण कृतिका रूपमा रहनेछ । संग्रहभित्र पाँचवटा फरक–फरक स्वादका नाटकहरू रहेका छन् । किताबको मुल्य ४९५ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार