काठमाडौँ । नेपाल विद्यार्थी संघद्वारा माइतीघरमा लगाइएको निषेधाज्ञा विरुद्ध प्रदर्शन गर्दा नेविसंघका नेताहरू पक्राउ परेका छन्।
पक्राउ पर्नेमा एनसीआईटी कलेज इकाई सभापति सन्तोष आचार्य र पुर्व इकाइ सभापति मोहन कालाथोकि लगायतलाई प्रहरीले गिरफ्तार गरेको हो ।
त्यस्तै पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्यहरू सुवास पौडेल, साजन तामाङ, मनोज पूरी, विन्दा बोगटी, बासुदेव न्यौपाने, जीवन सुवेदी, सुशान्त आचार्य, विजेन् किसी, त्रिचन्द्र कलेजका नेविसंघ नेता गोविन्द कोइराला, नेविसंघ थापाथलीमा सरोज अधिकारी, त्रीचन्द्रका मनोज भण्डारी सहित नेविसंघका किरण राज गौतम, मोहन कालाथोकी, आज्ञा सुजन तामाङ तथा एनसिआईटीकका सभापति सन्तोष आचार्य रहेका छन् ।