ग्वल बाजँ खल: द्वारा आयोजित बाह्र बर्षे ऐतिहासिक धिमे बाजा प्रशिक्षणको समापन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

दक्ष खबर 12808+ समाचार ( )
१४ जेठ २०८०, आइतबार

काठमाडौँ । ग्वल बाजँ खल: द्वारा आयोजित बाह्र बर्षे ऐतिहासिक धिमे बाजा प्रशिक्षणको समापन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । ग्वल बाजँ खल: परिवार कामपा-८ नवाली टोलको आयोजनामा आयोजित कार्यक्रमका बिच साँस्कृतिक कार्यक्रम तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर-४ का संघिय सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, 'संस्कृति संरक्षणमा सधैं नै हाम्रो तत्परता रहनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।' उहाँले पछिल्लो समय हाम्रो धर्म संस्कृति प्रति निरन्तर प्रहार भईरहेकाले यसको संरक्षण गर्नु हाम्रो कर्तव्य रहेको प्रष्ट पार्नुभयो । 

त्यस्तै, कार्यक्रमका सभापति एवं कामपा-८ का वडाअध्यक्ष आशामान संगतले,'धर्म संस्कृति संरक्षणमा हाम्रो समुदाय अग्रणी स्थानमा रहेको र हामी सधैं नै त्यसको संरक्षणमा अगाडि बढ्नु आवश्यक रहेको बताउनुभयो ।' उहाँले हाम्रो परम्परा भनेकै बाजा, जात्रा पर्वको संरक्षण संवद्धन गर्नु रहेको र सांस्कृतिक सम्पदाको संरक्षणमा सधैं तत्पर रहनु समेत रहेको बताउनुभयो । 

कार्यक्रममा प्रमुख अतिथि गगन कुमार थापाले प्रशिक्षण समापन पश्चात् प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रमुख प्रशिक्षक राजेश संगत तथा गुरूहरू शिव कुमार संगत र शंकरबाबु संगतले प्रशिक्षार्थीलाई मंसिर ८ गतेबाट प्रशिक्षण दिनुभएको थियो भने, चैत २ गते विधिवत रूपमा पुजा गरेर प्रशिक्षण समापन गरिए पनि अफिसियल रूपमा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेर प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।
  
कार्यक्रममा विभिन्न संघ संस्था प्रतिनिधि, वडा अध्यक्ष, वडा सदस्य सहित, बाजा खालका गुरूहरू, कामपा -८ भित्रका क्लवहरूको अध्यक्ष सहित विभिन्न स्थानीय वासीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो भने, स्वागत मन्तव्य श्याम कृष्ण संगतले राख्नुभएको थियो ।   कार्यक्रम सञ्चालन संस्थाका सचिव सुजन संगतले गर्नुभएको थियो । 

प्रतिक्रिया

Suraj Subedi १९ जेठ २०८०, शुक्रबार

ऐतिहासिक धिमे बाजा प्रशिक्षण

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार