रमेश अर्यालको चुनावी खर्च कति ?

दक्ष खबर 16581+ समाचार ( )
३० माघ २०८२, आइतबार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र ३ का उम्मेदवार रमेश अर्यालले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। निर्वाचन आयोगसमक्ष बुझाइएको विवरणअनुसार उनले निर्वाचन अभियानमा कुल १० लाख ५० हजार रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन्।

जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा दर्ता गरिएको खर्च विवरणअनुसार विभिन्न शीर्षकमा खर्च गरिएको रकम उल्लेख गरिएको छ। विवरणमा प्रचार–प्रसार सामग्रीमा २ लाख, फोटो तथा भिडियो निर्माणमा १ लाख, निर्वाचन कार्यालय सञ्चालनमा १ लाख, खाजा–पानी तथा इन्टरनेट सेवामा २ लाख रुपैयाँ खर्च भएको देखाइएको छ।

यस्तै मिडिया प्रचार, स्वयंसेवक र इन्धन खर्चमा ५०–५० हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ। त्यसैगरी बुध खर्चमा ३ लाख रुपैयाँ तथा अन्य विविध खर्चमा २० हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख गरिएको छ।

उक्त खर्च विवरण प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार निर्वाचन आयोगमा बुझाइएको हो। जिल्ला निर्वाचन कार्यालय काठमाडौंले उक्त विवरण दर्ता गरी अभिलेखमा राखेको जनाएको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार