'स्वर्णिम योजना, सांस्कृतिक महानगर' नारा सहित आज २९औँ महानगर दिवस मनाईदैँ
२९ मंसिर
२०८०, शुक्रबार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज २९औँ महानगर दिवस मनाउँदैछ । हरेक वर्ष २०५२ साल मंसिर २९ गते स्थापना भएको महानगरपालिकाले हरेक वर्ष यसैदिन विभिन्न कार्यक्रम गरि महानगर दिवस मनाउदैँ आईरहेको छ ।
२०५२ साल मंसिर २९ गते काठमाडौँ महानगरपालिका घोषणा भएको थियो । २०५२ साल मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ।
काठमाडौँ महानगरले यस वर्ष 'स्वर्णिम योजना, सांस्कृतिक महानगर' भन्ने योजना सहित महानगर दिवस भव्य र सव्यताका साथ मौलिक परम्परा संस्कृति झल्कने खालका विभिन्न कार्यक्रम सहित महानगर दिवस मनाउन लागिएको काठमाडौं महानगरपालिकाका सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा ८ का वडाअध्यक्ष आशामान संगतले जानकारी दिनुभयो ।
उहाँले यसै अन्तरगत काठमाडौं महानगरपालिकाले फुटबल प्रतियोगिता, बासुरीबादन प्रतियोगिता तथा गुरू सम्मान कार्यक्रम सम्पन्न गरेको समेत जानकारी दिनुभयो ।
उहाँले हरेक वडाबाट विभिन्न प्रस्तुतिका साथ महानगर दिवसमा उपस्थित हुन पनि सबैमा अनुरोध गरिएको जानकारी दिनुभयो । २९औँ महानगर दिवस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न हुने वडा अध्यक्ष संगतले जानकारी दिनुभयो ।