काठमाडौँ । प्रतिनिधि सभाका सांसद एवं अर्थ समितिका सभापति सन्तोष चालिसेले अर्थतन्त्रको हाहाकारको पछि लाग्न नहुने बताउनुभएको छ ।
आकाश दीप स्कुलको २२औँ वार्षिकोत्सब एवं अभिभावक दिवस कार्यक्रममा बोल्दै उहाँले अर्थतन्त्र चलायमान बनाउन तर्फ लाग्नु पर्नेमा हाहाकारको पछि लाग्न नहुने बताउनुभएको हाे ।
उहाँले उहाँले देशमा प्रशस्त पैसा रहेको बताउदैँ त्यस्को सहि स्थायीत्व नरहेको बताउनुभयो । चालिसेले राज्यले पर्याप्त ठाउँमा लगानी गर्न सक्ने स्थिति नरेकाले यस्तो अवस्था आएको बताउनुभयो ।
उहाँले, बैंकहरू ७ खर्ब रूपैयाँ लगानी गर्नका लागि तयार रहेको बताउदैँ देश विकासमा भने बैंकहरूले लगानी गर्न नचाहेको देख्दा आफुहरू अचम्ममा परेको उहाँले बताउनुभयो ।
त्यस्तै, सभापति चालिसेले बैकले कमाउने र गरीखाने मात्र होइन, नेपालमा लगानीको स्थिति के छ भनेर पनि बुझ्नु पर्ने बताउनुभयो ।
त्यस्तै, उहाँले २ वर्षको लागि समेत एउटै व्याजदर कायम हुने गरी मौद्रिक निति आफुहरूले ल्याउन लागेको बताउनुभयो ।
उहाँले बैकिङ क्षेत्रमा रहेका व्यक्तिहरूले देश विकासका लागि महत्त्वपूर्ण योगदान पर्याउन आग्रह समेत गर्नुभयो