भ्रष्टाचार विरुद्धको अभियान रोकिँदैन : हरि ढकाल

दक्ष खबर 15668+ समाचार ( )
१३ माघ २०८१, मङ्गलबार

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले भ्रष्टाचार विरुद्धको अभियान नरोकिने बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकको विशेष समयमा बोल्दै उहाँले एक जनालाई छेकेर भ्रष्टाचार विरुद्धको अभियान नछेकिने बताउनुभएको हो ।

उहाँले पार्टीले संसदमा बहुमत पु-याएको दिन अकुत कमाएर सम्पतीको माद्यकतामा मस्त रमाएर बेहोस भएकाहरुलाई ब्युँझाउने बताउनु भयो । उहाँले राणा कालमा अकुत कमाउनेको सम्पती जसरि राज्य ढुकुटीमा आयो त्यसरि नै ३५ वर्षमा अनेकौं काण्ड मच्चाएर नागरिकको पसिना चुसेकाहरुको अकुत सम्पती राज्य ढुकुटिमा ल्याउने दाबी गर्नुभयो ।

 उहाँले भन्नुभयो, ‘हामीले उठाएको भ्रष्टाचार विरुद्धको यो अभियान कसै एक जनालाई छेकेर छेकिने वाला छैन । यस पटक संख्या पुगेन । संख्या पुगेको दिन अकुत कमाएर सम्पत्तिको माद्यकतामा मस्त रमाएर बेहोस् भएकाहरुलाई बउिझाउँने छौं । राणा कालमा अकुत कमाउनेको सम्पत्ति जसरि राज्य ढुकुटीमा आयो । राजाको सम्पती जसरी राज्य ढुकुटीमा आयो यो ३५ वर्षमा अनेकौं काण्ड मच्चाएर नागरिकको रगत पसिना चुसेकाहरुको त्यो अकुत सम्पत्ति राज्य ढुकुटिमा ल्याउँछौं । ०८४ मा संख्या पु¥याउँछौं । खबरदार ।’

उहाँले वर्तमान सरकार भ्रष्टाचारीको संरक्षणमा लागेको आरोप समेत लगाउनु भयो । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार