काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा -८ जयवागेश्वरीको पुन:निर्मित संरचना मृत्युञ्जय महादेव मन्दिरमा गजुर प्रतिस्थापन गरिएको छ । अविरल वर्षाका कारण क्षतिग्रस्त मन्दिरको कामपा-८ को पहलमा पुनःनिर्माण गरिएको हो ।
करिव २१ लाखको लागतमा निर्माण भईरहेको मृत्युञ्जय मन्दिरको कामपा वडा -८ का वडाअध्यक्ष आशामान संगत, वडा सदस्य, मन्दिर निर्माण समितिमका पदाधिकारी सहित स्थानीय वासिको समुपस्थितिमा गजुर प्रतिस्थापन गरिएको हो ।
काठमाडौँ महानगरपालिका वडा -८ का वडाअध्यक्ष आशामान संगतले, "पुनःनिर्मित संरचनाहरूको समयमा नै पुनःनिर्माण सम्पन्न गरिने बताउनुभयो ।"उहाँले कामपा -८ का विभिन्न संरचनाहरूको तिव्र रूपमा पुनः निर्माण भईरहेको र इटाटोलमा रहेको स्वर्ण गणेश, ज्ञानकुण्ड र गुह्येश्वरी पारिपट्टि रहेको इना गणेश मन्दिरको पुनर्निमाण भईरहेको बताउनुभयो ।
उहाँले ताम्रेश्वर मन्दिरमा ढुंगा विछ्याउने काम परम्परागत शैलीमा पुनः निर्माण गरिएको र सन्ध्या पुस्तकालय अगाडिको डवली परम्परागत शैलीमा पुनर्निर्माण सम्पन्न गरिएको संगतले बताउनुभयो ।
त्यस्तै, संगतले बैशाखबाटै जयवागेश्वरीबाट सिफल ढोका जाने बाटोमा ढुंगा विछ्याउये कामलाई समेत तिव्रता दिने बताउदैँ कामपा -८ को वडा भवन पनि निर्णय हुने चरणमा पुगेको जानकारी दिनुभयो ।
मन्दिर निर्माण समितिका अध्यक्ष दिलिप वैद्यले, " कामपा -८ र स्थानीयवासीको पहलमा मन्दिर पुनः निर्माण समयमा नै भइरहेको जानकारी दिनुभयो ।
उहाँले विविध समस्याका वावजुद पनि भुकम्प पछि लथालिङ्ग रहेको संरचनाको वडाअध्यक्ष आशामान संगत लगायतको सहकार्यमा समयमा नै निर्माण कार्य सम्पन्न गरिने बताउनुभयो । कामपा -८ भित्र बजार व्यवस्थापन र लथालिङ्ग तारहरू हटाउने कार्यको समेत शुरूवात गरिएको छ ।