जेन–जी अगुवा मिराज ढुङ्गाना गगन थापालाई समर्थन गर्न सर्लाहीमा 

दक्ष खबर 16457+ समाचार ( )
१७ माघ २०८२, सोमबार

काठमाडौँ । जेन–जी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई समर्थन गर्न सर्लाही पुगेका छन् । ढुङ्गानासहितका युवाहरू सोमबार दिउँसो सर्लाही ४ पुगेका हुन् । 

मिराज त्यस्ता जेन–जी अगुवा हुन् जसले गत भदौ २३ गतेको जेन–जी आन्दोलनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति पाएको थियो । माइतीघरबाट शुरू भएको उक्त जुलुस नयाँ बानेश्वर पुग्ने र सभामा परिणत गर्ने कार्यक्रम गर्ने तयारी थियो ।

उक्त आन्दोलनमा घुसपैठ हुनासाथ मिराजले सबै जेन–जीहरूलाई आन्दोलन आफूहरूको नियन्त्रणबाट बाहिर गएकाले सबैलाई घर फर्कन आह्वान गरेका थिए । त्यसयता उनका माग पूरा गर्नलाई अहिलेको जेन–जी सरकारलेसमेत कुनै पहल गरेन ।

त्यतिमात्र होइन मिराजले प्रधानमन्त्री सुशीला कार्कीलाईसमेत भेट्न पाएनन् । टिमलाई सिंहदरबार प्रवेशमा समेत रोक लगाइएको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार