आइयूसीमा नेविसंघका पूजन गन्धर्व कन्ट्रोल कमिसन मेम्बर नियुक्त

दक्ष खबर 2424+ समाचार ( )
१० असार २०८०, आइतबार

काठमाडौँ । समाजवादी युवाहरूकाे अन्तर्राष्ट्रिय संघ आइयूसीमा नेविसंघका नेता पूजन गन्धर्व कन्ट्राेल कमिसन मेम्बर नियुक्त हुनुभएकाे छ । 

केहि दिन अगाडी आइयूसीकाे ११५औँ वर्ल्ड कंग्रेस समारोहमा सहभागि हुन पानामामा पग्नु भएका पूजन गन्धर्व कन्ट्राेल कमिसन मेम्बर नियुक्त हुनुभएकाे हो । 

पानामामा सम्पन्न आइयूसीकाे ११५औँ वर्ल्ड कंग्रेसबाट गन्धर्व  कन्ट्राेल कमिसन मेम्बर नियुक्त गरिएको थियो ।



नेपालबाट आइयूसीमा सहभागि हुन नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, नेविसंघका नेता पूजन गन्धर्व, नेतृ सगुन कँडेल, पद्मकन्या क्याम्पसकी स्ववियु सभापति ज्याेती पनेरू पानामा पुगेका छन् ।

नेविसंघका संघका अध्यक्ष दुजाङ शेर्पाले, अन्तर्राष्ट्रिय मञ्चमा नेविसंघले पाएकाे याे अवसर नेपालकै लागि गाैरवकाे विषय भएकाे बताउनुभयाे  ।

उहाँले यो अवसरले नेविसंघलाइ थप मजबुद भएर अगाडी बढ्न प्रेरणा मिलेको बताउनुभयो । आइयूसी विश्वभरका समाजवादी युवाहरूकाे छाता संंस्था हाे ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार