मित्रपार्कमा ’यःमरी पुन्ही युनिटि फेस्ट’ हुदैँ 

दक्ष खबर 15913+ समाचार ( )
१६ मंसिर २०८२, मङ्गलबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ७ परिसरमा ’यःमरी पुन्ही युनिटि फेस्ट’को आयोजना हुने भएको छ । 

काठमाडौँ लिगेसीको आयोजनामा यमरी पुन्हीका अवसरमा मित्रपार्क क्षेत्रमा यमरीको ऐतिहासिकतालाई उजागर गर्दै यसको महत्त्व दर्शन ’यःमरी पुन्ही युनिटि फेस्ट’ हुन लागेको हो ।

“यमरी पुन्ही २०८२ को मुख्य उद्देश्य भनेकै सम्पुर्ण नेपालीहरूलाई एकता, शान्ति र संस्कृतिको साझा उत्सवमा जोड्नु रहेको र नेवारी परम्परा र आधुनिक रमाइलोपनलाई जोडेर पुस्तादेखि पुस्तासम्म सम्बन्ध मजबुत बनाउनु रहेको,“ काठमाडौँ लिगेसीका अध्यक्ष विक्की शाहीले बताउनुभयो ।

“यमरी पुन्ही नेवार समुदायको एक महत्वपूर्ण पर्व भएको हो । जुन मङ्सिर महिनाको पूर्णिमाको दिन मनाइन्छ । “यमरी” शब्दको अर्थ नै “मिठो रोटी” हो, जुन चामलको पीठोमा चाकु र तिलको भराइ गरेर बनाइन्छ । यस पर्वले धान भित्र्याउने काम सकिएको खुसियाली र देवी अन्नपूर्णाप्रति कृतज्ञता व्यक्त गर्छ । परिवारले घरमै यमरी बनाएर देवीदेवतामा अर्पण गर्छन् र छरछिमेकमा बाँड्छन् — जसले एकता, शान्ति र समृद्धिको प्रतीक जनाउँछ।“, शाहीले भन्नुभयो ।

यो फेस्टिबलको उद्देश्य भनेकै, समुदायमा एकता र शान्तिको सन्देश फैलाउने, नेवारी परम्परागत संस्कृति र खानपानको संरक्षण गर्ने, युवाहरूलाई सांस्कृतिक कार्यक्रममा जोड्ने, सामुदायिक सहकार्य र सद्भाव सुदृढ पार्ने रहेको छ । 

त्यस्तै, कार्यक्रमको मुख्य आकर्षणहरूमा यमरीका विभिन्न स्वादका स्टलहरू, नेवारी परिकार र स्थानीय खानपान, नयां खिन बाजा र अन्य परम्परागत वाद्यवादनका धुनहरू, सांस्कृतिक नृत्य र प्रदर्शन, युवाहरूका लागि सांगीतिक प्रस्तुति सहित, शान्ति र एकताको सन्देशमूलक सांस्कृतिक कार्यक्रमहरू रहेको छ ।

त्यस्तै, यो कार्यक्रम केवल उत्सव मात्र नभएर, यो हाम्रो साझा संस्कृतिको सम्मान र एकताको प्रतीक भएको जनाईएको छ ।

कार्यक्रममा निःशुल्क प्रवेश गर्न पाइने छ । विभिन्न सांस्कृतिक कार्यक्रमको प्रस्तुती रहनेछ । उक्त कार्यक्रमले स्थानीय बाजा सहित रैथाने संस्कृतिलाई उजागर गर्न महत्वपूर्ण भुमिका खेलिरहेको छ ।

प्रतिक्रिया

Sashank Bikram Shahi १८ मंसिर २०८२, बिहीबार

Happy Yomari Punhe

Biki shah १७ मंसिर २०८२, बुधवार

Yamari

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार