प्रथम नेपाल खुल्ला साभेत प्रतियोगिता सम्पन्न

दक्ष खबर 2559+ समाचार ( )
१५ भाद्र २०८०, शुक्रबार

काठमाडौँ । नेपाल साभेत संघ तथा तेक्वान्दो आईटीएफ नेपालको संयुक्त आयोजनामा प्रथम नेपाल खुल्ला साभेत प्रतियोगिता सम्पन्न भएको छ । नेपाल साभेत संघ तथा तेक्वान्दो आईटीएफ नेपालको संयुक्त आयोजनामा यही भाद्र ७ र ८ गते प्राविधिक सेमिनार तथा ९ गते प्रथम नेपाल खुल्ला साभेत प्रतियोगिता सम्पन्न भएको हो ।

करिव ३ सय वर्ष अघिदेखि फ्रान्समा उत्पति भएको यस खेलमा नेपाल भारत तथा इरानका १८५ खेलाडी तथा अफिसियालाहरुको सहभागिता भएको सेमिनारमा अन्तर्राष्ट्रिय साभेत महासंघका महासचिव तथा एसियन साभेत कन्फिडेरेसनका अध्यक्ष डा. हामिदरेजा हेसाराकिले साभेत खेलको प्राविधिक, रेफ्री तथा जज सम्बन्धि ज्ञान दिनुभएको थियो ।

नेपालमा यहि वर्षदेखि सुरु भएको यस खेलले छोटो समयमै अन्तर्राष्ट्रिय सेमिनार तथा प्रतियोगिता सफलता पुर्वक आयोजना गरेकोमा अन्तर्राष्ट्रिय महासचिव डा. हामिदरेजाले खुशी व्यक्त गर्दै सेमिनार तथा प्रतियोगिता निर्देशक एवं नेपाल साभेत संघका संस्थापक अध्यक्ष मास्टर लक्ष्मण बस्नेत तथा सम्पूर्ण खेलाडी एवं पदाधीकारीहरुलाई बधाई ज्ञापन गर्नुका साथै भविष्यमा समेत यस खेलको विकासका लागि निरन्तर सहयोग गर्ने वाचा व्यक्त गर्नुभएको छ ।   

प्रतियोगितामा महिला तर्फ ८ तौल समूह र पुरुष तर्फ १६ तौल समूह गरी जम्मा २४ स्वर्ण, २४ रजत र ४८ कश्य पदकको लागि भएको प्रतिष्पर्धामा भारतले २ स्वर्ण, १ रजत जित्न सफल भएको थियो भने बाकि सम्पूर्ण पदकहरु नेपालका खेलाडीहरुले जित्न सफल भएका थिए । प्रतियोगितामा पुरुष तर्फ उत्कृष्ट खेलाडी सोहिल गोले घोषित भए भने महिला खेलाडी तर्फ आकृति गुरुङ उत्कृष्ट खेलाडी घोषित भईन ।


काठमाडौं धुम्बाराहीस्थित धन्यन्तरी ब्याडमिन्टन हलमा आयोजना भएको प्रतियोगिताको पुरस्कार वितरण समारोहका प्रमुख अथिति डा. हामिररेजा बाट गात मे महिनाको ५ देखि १० तारिखसम्म उज्वेकिस्तानमा आयोजना भएको चौथो एशियन तथा दोश्रो अन्तराष्ट्रिय ओपन साभेत प्रतियोगितामा ८५ केजी मुनिको तौल समुहमा क्रमश काश्य पदक एवं रजत पदक विजेता खेलाडी सस्मन बस्नेत र टिम लिडर दधिराम कडेललाई साभेत खेलमा नेपालको लागी पहिलो अन्तराष्ट्रिय पदक भित्र्याउन सफल भएकोमा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

तेक्वान्दो आइटिएफ नेपालका सचिव उद्दव कार्कीले संचालन गर्नुभएको उक्त पुरस्कार वितरण समारोहमा नेपाल साभेत संघको तर्फबाट संस्थापक अध्यक्ष मास्टर लक्ष्मण बस्नेतले डा. हामिद रेजा लाइ कदर पत्र र अन्तराष्ट्रिय कोच कोरुष राफेलालाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

साथै यस सेमिनार तथा प्रतियोगिता मार्फत नेपालबाट दुइ महिला र दुइ पुरुष गरि ४ जना खेलाडीहरु आगामी अक्टोबर २० देखि ३० सम्म (कातिक) मा साउदी अरेबियाको रियादमा आयोजना हुने विश्व कम्ब्याट गेम्समा सहभागी हुनको लागि छनौट भएका छन् ।

उक्त खेलमा १६ मार्शल आर्ट खेलमा विश्वका ८० देशका करिव २५ सय खेलाडीहरुको सहभागिता रहने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार