मनोहराको सुकुम्बासी बस्तीमा महानगरले चलायो डोजर (तस्विरसहित)

दक्ष खबर 15668+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले मनोहरामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ ।

शुक्रबार नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले मनोहराको सुकुम्बासी बस्तीमा पुगेर अवैध रुपमा बनेका घर, टहरा र संरचनाहरु भत्काएको हो ।

बस्तीमा डोजर चलेपछि नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार समेत गरेका थिए । 

काठमाडौं र  भक्तपुरको सीमाना पर्ने मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा अवैध रुपमा नयाँ घरहरुमा बनाइएको थियो । 

व्यक्तिको जग्गामा बनेको संरचना हटाउन ७ दिनको समय दिएको थियो । व्यक्तिको जग्गामा नयाँ  संरचना बनेपछि महानगरले डोजर चलाएको हो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार