गोनपा प्रथम उप मेयर कप 'सेभेन ए साइड' खुल्ला महिला फुटबल प्रतियोगिताको उद्घाटन

दक्ष खबर 16456+ समाचार ( )
८ आषाढ २०८०, शुक्रबार

काठमाडाैँ । गोकर्णेश्वर नगरपालिका प्रथम उप मेयर कप 'सेभेन ए साइड' खुल्ला महिला फुटबल प्रतियोगिताको उद्घाटन भएको छ ।

नेपालय इङ्ग्लिस बोर्डिङको प्राङ्गणमा आज आयोजित एक कार्यक्रमका बिच प्रथम उप मेयर कप 'सेभेन ए साइड' खुल्ला महिला फुटबल प्रतियोगिताको उद्घाटन भएको हो ।

गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका संयोजक संजय लामाको सभाध्यक्षतामा शुरु भएको कार्यक्रममा प्रमुख अतिथीका रूपमा गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा रहनु भएको थियो ।

त्यसैगरी, कार्यक्रममा वडा-४ का वडा अध्यक्ष जयराम महत, गोकर्णेश्वर स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय, छहारी युवा क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठ, खेलकुद बिकास समितिका पदाधिकारीहरु, खेलाडीहरु लगायत विभिन्न क्षेत्रबाट उपस्थित खेल प्रेमीको बाक्लो उपस्थिति रहेको थियो।

१२ वटा खेलाडी टिमहरु समूह 'क' बाट १) गोकर्णेश्वर-४, २) छहारी क्लब,३) बर चुली स्कुल,४) कृजल एफ सी,५) कागेश्वरी एम र ६) बौद्ध स्नोकर रहेका छन भने समूह 'ख' अन्तर्गत ७) सिद्धि मेमोरियल एम सी ८) जे एफ ए स्पोर्ट्स,९) गोकर्णेश्वर-९,१०) लिम्पिया एकेडेमी,११) गोकर्णेश्वर एम र १२ ) बागमती गाउँपालिका रहेका छन ।

आज गोकर्णेश्वर-४ र छहारी क्लब बिच भएको उद्घाटन खेलमा गोकर्णेश्वर-४ ले छहारी क्लबलाई ३-० ले पराजित गर्दै जित हात पार्न सफल भएको छ भने, 'म्यान अफ द म्याच' गोकर्णेश्वर- ४ कि जर्सी-१३ कि खेलाडी नेहा चौधरी घोषणा भएकी छन ।

उनलाई म्यान अफ द म्याचको ट्रफी र नगद २ हजार रुपैया समेत प्रदान गरिएको खेलकुद विकास समितिका संयोजक संजय लामाले जनकारी दिनुभयाे । त्यसैगरी बिजेता खेलाडी टिमलाई प्रथम पुरस्कार १ लाख ३६ हजार (कर सहित), ट्रफी, मेडल, प्रमाणपत्र, दोस्रो पुरस्कार ६८ हजार (कर सहित) ट्रफी मेडल प्रमाणपत्र रहने पनि आयोजकले जनाएको छ । 



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार