चुरे संरक्षणको माग गर्दै मधेसमा प्रदर्शन

दक्ष खबर 16547+ समाचार ( )
६ अशोज २०८१, आइतबार

काठमाडाैँ । मधेसमा चुरे संरक्षण अभाव र पानीको अभाव लगायतका समस्या समाधानको माग गर्दै चुरे अभियानीहरुले मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेको छ ।

चुरे तथा वननजंगल संरक्षण अभियानका सुनिल यादवको अगुवाईमा अभियन्ताहरुले मधेसको मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेका हुन् । चुरे वनजंगलको संरक्षण तथा संवद्र्धन, भूमिहिन सुकुम्वासीहरुलाई भूमि अधिकार, अवैध उत्खननमा रोक लगायतका माग राख्दै अभियानीहरुले मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेको अभियानका संयोजक सुनिल यादवले बताउनु भयो ।

चुरे संरक्षण आन्दोलनको १0३औँ दिनमा मधेस सरकारलाई घच्घचाउन आफूहरुले प्रदर्शन गरेको बताउनु भयो । प्रदेश सरकारले वनजंगल संरक्षण गर्नुको साटो वनजंगललाई मास्ने गरी डिएफओ सरुवा गरिएको यादवले आरोप लगाउनु भयो । उहाँले काम गरिरहेका डिएफओहरुलाई सरुवा गरिएको तर लामोसमयसम्म एकै ठाउँमा रहेका डिएफओ सरुवा नगनुर्ले प्रदेश सरकारको नियत पनि वनजंगल संरक्षण नगर्ने रहेको कुरा स्पष्ट भईसकेको बताउनु भयो । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार