प्रतिपक्षको विरोधकोबीच संसद चलाउनु ‘दादागिरी’ हो : सांसद ज्ञानेन्द्र शाही

दक्ष खबर 16457+ समाचार ( )
१ आषाढ २०८२, आइतबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रतिपक्षी दलको विरोधकाबीच संसद चलाएर ‘दादागिरी’ गरिएको भन्दै आपत्ति जनाएका छन् । 

आइतबार बसेको प्रतिनिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले प्रतिपक्षी दलको विरोधकोबीच संसद चलाउनु संसदीय अभ्यास नभएको भन्दै दादागिरी बन्द गर्नुहोस् भन्दै आक्रोस् पोखे । 

उनले भने,‘संसदमा यसरी विरोध भइरहँदा संसद चलाउनु उचित हुन्छ? भिजिट भिसा प्रकरणमा दोषिलाई कारबाही गर्ने भन्ने मागमा साथ दिनुहोस् । यसरी संसद चलाउनु संसदीय अभ्यास होइन् । यो दादागिरी हो ।  यो दादागिरी बन्द गर्नुहोस् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार