मिस नेपाल २०२५ को लागि आवेदन खुल्ला, ग्रान्ड फिनाले भदाैमा हुने

दक्ष खबर 15672+ समाचार ( )
१० आषाढ २०८२, मङ्गलबार

काठमाडौँ । द हिडन ट्रेजरले आधिकारिक रूपमा बहुप्रतिक्षित मिस नेपाल २०२५ को लागि आवेदन खुल्ला गरेकाे छ । आज आयाेजित पत्रकार सम्मेलनमा नेपालभरका इच्छुक र विदेशमा बस्ने युवतीहरूलाई आषाढ २६ गतेसम्म आवेदन दिन आमन्त्रित गरिएको हाे । यस वर्ष आफ्नो ३०औँ वार्षिकोत्सव मनाउँदै, मिस नेपाल २०२५ को ग्रान्ड फिनाले भाद्र १४ गते शनिबार गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुनेछ ।

'विश्वव्यापी मञ्चमा नेपालको गौरव' अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रशंसनीय प्रदर्शन गरेपछि मिस नेपाल २०२४ का विजेताहरू स्वदेश फर्किए सँगै आयाेजना गरिएको हो । 

मिस नेपाल इन्टरनेशनल २०२४, करुणा रावतले जापानको टोकियोमा भएको मिस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गरेकी थिइन । मिस नेपाल अर्थ २०२४, सुमना केसीले फिलिपिन्सको मनिलामा भएको मिस अर्थमा बेस्ट सस्टेनेबल ड्रेस अवार्ड जितिकी  थिइन । मिस नेपाल वर्ल्ड २०२३, श्रीच्छा प्रधानले भारतको हैदराबादमा आयोजित ७२औँ मिस वर्ल्ड प्रतियोगितामा भाग लिएकी थिइन ।

उनीहरूको उपलब्धिले राष्ट्रलाई गौरव दिलाएको र मिस नेपाललाई विश्वव्यापी रूपमा चम्काउन महिलाहरूलाई स-शक्त बनाउने प्लेटफर्मको रूपमा बलियो बनाएको आयाेजककाे विश्वास रहेकाे छ । 

मिस नेपाल २०२५ मा सहभागी हुनको लागि, आवेदकहरू नेपाली नागरिक हुनुपर्ने, उमेर १८ देखी २७ वर्षको हुनुपर्ने, न्यूनतम ५ फिट ३ इन्च उचाइ हुनुपर्नेछ  ।

यस वर्षको प्रतियोगिताले चार विजेताहरूलाई ताज पहिराउने छ । जसमा मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेशनल,  मिस नेपाल कोस्मो इन्टरनेशनल विश्वव्यापी रूपमा मान्यता प्राप्त प्रतियोगितामा नेपालको डेब्यूको रूपमा नयाँ थप गरिएकाे हाे । 

मिस नेपालको अडिसन बिर्तामोड, नेपालगञ्ज र जनकपुर लगायत धेरै शहरहरूमा हुनेछ। काठमाडौँभरिका १० कलेजहरूमा सक्रियताका साथ अभियानहरू सञ्चालन हुनेछ। अन्तिम अडिसन असार २८ गते काठमाडौमा हुनेछ। फिनाले हिमालयन टिभीमा प्रत्यक्ष प्रसारण गरिनेछ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार