नेपाली काग्रेंसले पार्टीगत संगठनलाई सुदृढीकरण गर्दै अगाडि बढ्न आवश्यक छ : महामन्त्री गगन थापा

दक्ष खबर 16530+ समाचार ( )
२५ फाल्गुन २०७९, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौँ क्षेत्र नम्बर-४ का सांसद गगनकुमार थापाले नेपाली कांग्रेसले पार्टी संगठनलाई सुदृढीकरण गरी अगाडि बढ्न आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा-८ समितिद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टी संगठन र सुढृढीकरणमा जोड दिन आवश्यक रहेको बताउनुभएको हो ।

अहिलेको समय फुर्सदिलो नभएर कामको हतारको रूपमा अगाडि बढ्नु पर्ने महामन्त्री थापाले बताउनुभयो । त्यस्तै, कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र -४ का सभापति श्याम कृष्ण संगतले स्थानीय तहको सरकारलाई अगाडि बढाउन र प्रदेश सरकारको अस्तित्वलाई मजबुत बनाउन क्रियाशील कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।

त्यस्तै, बागमती परदेश सभा सदस्य लामिछानेले स्थानीय सरकार र प्रदेश सरकारबिचको सम्बन्धमा सुदृढीकरण ल्याउनुपर्ने उहाँले बताउनुभयो । त्यस्तै, कार्यक्रमका अध्यक्ष एवं नेपाली कांग्रेस कामपा- ८ का इकाई सभापति,कामपा-८ का वडाअध्यक्ष आशामान संगतले कार्यक्रमको समापन गर्दै हरेक तह र तप्काबाट हुने काममा तिनै तहको सरकार एकापसमा समन्वय गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा वार्षिक प्रतिवेदन पेश गरिएको थियो भने, नयाँ क्रियाशील सदस्यहरूलाई प्रभावकारी रूपमा काम कारवाहिलाई अगाडि बढाँउन आग्रह गरिएको थियो । कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस कामपा-८ का इकाई सभापति एवं कामपा -८ का वडाअध्यक्ष आशामान संगत रहनुभएकाे थियो भने, प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौँ क्षेत्र-४ का सांसद गगन कुमार थापा रहनुभएको थियो ।

कार्यक्रममा विशेष अतिथिका रूपमा बागमती प्रदेशसभा सदस्य श्रीराम लामिछाने, काठमाडौं क्षेत्र -४ का इकाई सभापति श्याम कृष्ण संगत, नेपाली कांग्रेस काठमाडौं क्षेत्र -४ का सचिव सुजन संगत काठमाडौँ क्षेत्र -४ का महाधिवेशन प्रतिनिधि मनोज वैद्य लगायत कामपा वडा -८ का वडा सदस्यहरू सलोनि ओडारी, सरस्वती राज भण्डारी लगायत नेपाली कांग्रेसका विभिन्न तह र तप्कामा रहेका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार