नयाँ पुस्तालाई हस्तान्तरण गर्नु पर्ने मुख्य सम्पत्ति नै संस्कृति र सम्पदा हाे : आशामान संगत

दक्ष खबर 16456+ समाचार ( )
३१ श्रावण २०८१, बिहीबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समितिका संयोजक एवं कामपा ८ का वडाअध्यक्ष  आशामान संगतले नयाँ पुस्तालाई पुरानाे पुस्ताले हस्तान्तरण गर्नु पर्ने मुख्य सम्पत्ति भनेकै संस्कृति र सम्पदाको यथास्थिति रहेकाे बताउनुभएकाे छ ।

काठमाडाँ महानगरपालिकाद्वारा आयाेजित महानगरपालिकाले युवा र बालबालिकाहरुलाई मौलिक सम्पदा र संस्कृतिका बारेमा अनुभूति गराउन तथा प्रवर्धनात्मक कार्यक्रम चलाउन सम्पदामा युवा र बालबालिका ‘सम्युवा’ कार्यक्रममा उहाँले संस्कृति र सम्पदाको यथास्थितिलाई दुरुस्त हस्तान्तरण गर्न अभिलेखन चाहिएको बताउनेभएकाे हाे । 

कार्यक्रममा आवद्ध स्वयमसेवकले अहिलेसम्म गरेका कामको समीक्षाका लागि आयोजना गरिएको कार्यक्रममा संयोजक संगतले,‘कामको भार गहन छ, महसुस गरेर सञ्चालन गर्नुपर्ने बताउदैँ यसलाई दुरुस्त हस्तान्तरण गर्न अभिलेखन चाहिएको बताउनुभयाे । 

महानगरपालिकाले स्वयमसेवकका रुपमा काम गर्न माग गरेको आवेदनबाट ४३७ जनाले फाराम भर्नुभएको थियो । सर्टलिष्टमा २४७ जना छानिनुभयो । उहाँहरुमध्ये अन्तरर्वार्तामा १६५ जना उपस्थित हुनुभएको थियो । अन्तर्वार्ताबाट ४५ जना सम्युवा कार्यक्रमका लागि र १ सय जना वाबा कार्यक्रमका लागि छानिनुभएको थियो । वावा कार्यक्रमका लागि छानिएका स्वयमसेवक विद्यालयको वातावरणीय क्षेत्रमा र सम्युवाका लागि छानिएका स्वयमसेवक सम्पदा क्षेत्रमा काम गरिरहनुभएको छ । कार्यक्रमका बारेमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले जानकारी दिनुभयो । 

‘महानगरपालिकाले वि. सं. २०६७ सालमा ४० जना स्वयमसेवकमार्फत सम्युवा कार्यक्रम सञ्चालन थालेको हो । २०७२ सालको भूकम्पको अवधिमा करिब १ सय जना स्वयमसेवकहरु सक्रिय रुपमा काम गरिरहेका थिए ।भूकम्पले पुर्‍याएको क्षति व्यवस्थापनमा उनीहरु सक्रिय रहेका थिए । प्रतिकुल अवस्थामा स्वयमसेवकको व्यवस्थापनमा महानगरपालिकालाई कठिन भएपछि यो कार्यक्रम विस्तारै निष्क्रिय हुँदै गएको थियो । यही कार्यक्रमलाई अहिले सक्रिय बनाइएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार