"नजाने भो हाम्रो दुख" बोलको गित सार्वजनिक ( भिडियो सहित)

दक्ष खबर 16514+ समाचार ( )
१८ मंसिर २०८०, बुधवार


काठमाडौँ ।  "नजाने भो हाम्रो दु:ख " बोलको गित सार्वजनिक भएको छ । काठमाडौँको मध्य बानेश्वरको सनराईज क्याफेमा आयोजित एक पत्रकार सम्मेलन मार्फतवरिष्ठ गितकार राजेन्द्र थापाको आतिथ्यतामा राष्ट्रिय भाव झल्काउने

नारद पोखरेलको शब्द रचना रहेको उक्त गितमा ज्योती प्रकाशले संगित भरेका छन भने शिशिर योगिले आवाज दिएका छन । यसैगरी शुरविर पण्डित " दारिबा " , रश्मि भट्ट र राजानन्द माण्डव्यको अभिनय रहेको छ । दिपेन्द्र प्रकाश के.सि को निर्देशनमा निर्माण भएको गितको छायांकन नुवाकोट थाहा नगरपालिका स्थित कुन्छाल गाउँमा भएको थियो । गोबिन्द अन्जानको छायांकनमा तयार गरिएको सो गितलाई कल्पेश बिश्वकर्माले सम्पादन गरेका हुन ।  


गाउँघरमा आफ्ना सन्तान नहुदा बुबाआमाले भोग्नुपरेको पीडा , पछिल्लो समय युवाहरु बिदेश पलायन हुँदै जादा गाउँघरमा बाझो बन्दै गएको खेतवारी साथै समग्रमा व्यवस्था बदलिएपनी नेपालीको अवस्थामा परिवर्तन नआएको कुरालाई विशेष जोड दिदैँ तयार पारिएको उक्त गितको म्युज भिडियो ओ.एस .आर डिजिटल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार