बढ्यो पेट्रोलको मूल्य

दक्ष खबर 16581+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार, पेट्रोलको मूल्य प्रतिलिटर रु दुईले वृद्धि भएको छ । यसअघि प्रतिलिटर रु १५९ मा बिक्री हुँदै आएको पेट्रोल अब भने प्रतिलिटर रु १६१ कायम गरिएको छ ।

नयाँ खरिद मूल्यअनुसार पेट्रोलका प्रतिलिटर दुई रुपैयाँ ३३पैसा बढेर आएको छ भने डिजलको मूल्य प्रतिलिटर एक रपैयाँ २७ पैसा घटेर आएको छ ।

आज मध्यरात १२ः०० बजेदेखि लागू हुने गरी निगमले तय गरेको मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १६१ र डिजल एवम् मट्टीलेत प्रतिलिटर एक सय ४९ तोकिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार