सफारी ब्याग्स नेपालले जिम्बावेमा हुने विश्वकपमा सहभागी टोली र अधिकारीहरूलाई सफारीको लगेज उपलब्ध

दक्ष खबर 2424+ समाचार ( )
१९ जेठ २०८०, शुक्रबार

काठमाडौँ । सफारी ब्याग्स नेपालले जिम्बावेमा हुने विश्वकप छनोट प्रतियोगितामा सहभागी सम्पूर्ण नेपाली क्रिकेट टोली र अधिकारीहरूलाई सफारीको लगेज उपलब्ध गराएर आफ्नो समर्थन र प्रशंसा प्रकट गरेको छ ।

सफारी ब्याग्सले अन्तर्राष्ट्रिय मञ्चमा गर्वका साथ प्रतिनिधित्व गर्ने विभिन्न खेलका राष्ट्रिय खेलाडीहरू र कलाकारहरूलाई  निरन्तर सहयोग प्रदान गर्दै आएको छ । यी व्यक्तिहरूको उत्थान र समर्थन गर्ने उनीहरूको प्रतिबद्धताले राष्ट्रिय प्रतिभालाई बढावा दिन र देश भित्र गर्व र एकताको भावनालाई बढावा दिन उनीहरूको समर्पण देखाउँदछ । 

“हामी नेपाली क्रिकेट टोलीलाई समर्थन गर्न पाउँदा अत्यन्त खुसी छौं, जसले हाम्रो राष्ट्रको लागि निरन्तर गौरव ल्याएको छ र सबै नेपालीलाई एकताबद्ध बनाएको छ । यो सानो योगदान सफारी ब्याग्स नेपालको तर्फबाट शुभकामना र धन्यवाद व्यक्त गर्ने हाम्रो माध्यम हो,”सफारीका बिजनेस हेड सन्तोष श्रेष्ठले बताए ।

शंकर ग्रुपको एक अंग जगदम्बा मोबाइल्स प्रालि, नेपालमा सफारी लगेज र ब्याकप्याकको राष्ट्रिय वितरकको रूपमा सेवा गर्दछ । सफारीका लगेज र ब्याकप्याकहरु उच्च गुणस्तर, उत्कृष्ट डिजाइन र प्रयोग गर्न सजिलोका लागि परिचित छन् । सफारीले दुई प्रकारका लगेज; हार्ड लगेज र सफ्ट लगेज बजारमा उपलब्ध गराउदै आएको छ । सफ्ट लगेज र ब्याकप्याकहरु चाहि उत्कृष्ट कपडाहरू प्रयोग गरी विविन्न रंगहरुमा बनाइन्छ।

उच्च गुणस्तरको लागि परिचित सफारीको लगेजमा ग्राहकहरुले ३ वर्षको अन्तर्राष्ट्रिय वारेन्टी पाउने छन् भने सफारीको ब्याकप्याकहरुमा ग्राहकले १ वर्षको अन्तर्राष्ट्रिय वारेन्टी पाउने छन् । नेपालमा उपलब्ध सफारीको सम्पूर्ण लगेज र ब्यागका मोडलहरु www.daraz.com साथै लगेज पसलहरुमा उपलब्ध छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार