ग्रिसबाट नेपाल आइपुगेकी एन्जिला भन्छिन्, ‘दर्शकको मायाले तान्यो’

दक्ष खबर 16512+ समाचार ( )
१४ फाल्गुन २०८१, शुक्रबार

काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा आफ्नो जीवन कथामा आधारित ‘अन्जिला’ फिल्म प्रमोसनका लागि नेपाल आइपुगेकी छिन् । 

ग्रिस महिला सुपर कपका लागि निस अट्रोमिटौमा आबद्ध रहेर व्यावसायिक फुटबल खेलिरहेकी एन्जिला फिल्म प्रमोसनका लागि नेपाल शुक्रबार आइपुगेकी हुन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले दर्शकहरुको मायाले नै आफूलाई तानेको भन्दै ग्रिसबाट छोटो समय मिलाएर नेपाल आएको बताइन् । 

उनले भनिन्,‘ग्रिसबाट छोटो समय मिलाएर आएको छु । दर्शकहरुको मायाले नै गर्दा तीन चार दिन कति हुन्छ बस्ने छु । मैंले समाचारतिर पनि हेरिरहेको थिए । दर्शकहरुको माया भव्य देखेपछि नै आएको हो । सम्पूर्ण टिलाई धन्यवाद दिन्छु उहाँहरुले गर्दा नै फिल्म राम्रो भइरहेको छ ।’

साथै उनले  दर्शकहरुले आफ्‌नो फिल्म हेरेर भावुक हुँदै गर्दा आफूलाई एकातिर दुःख लागेपनि अर्कोतिर फिल्म मनपराइ दिनुभयो भनेर लागेर खुसी पनि उत्तिकै लागेको पनि बताइन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार