काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लास्तरीय कार्यालय प्रमुखहरूलाई कार्यस्थलमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको छ ।