कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने
१४ जेठ २०८१, सोमबार
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भोलि मङ्गलबार बिहान ११ बजे बैठक बस्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।
कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । सरकारले भोलि बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।