काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तरगत काठमाडौं जिल्ला क्षेत्र ४ प्रदेश 'क' को सभापतिमा आशामान संगत सर्वसम्मत रूपमा निर्वाचित हुनुभएकाे छ ।
असोज ११ गतेबाट कोटबारीमा शुरूवात भएको अधिवेशनबाट प्रदेश 'क' को सभापतिमा आशामान संगत सर्वसम्मत रूपमा निर्वाचित हुनुभएकाे हाे । संगत काठमाडौं महानगरपालिका वडा ८ को वडाअध्यक्ष एवं काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक समेत रहनुभएको छ । संगत सहित प्रदेश 'क' को कार्यसमितिमा रहेका १८ जना सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।
उहाँको नेतृत्वमा काठमाडौं महानगरपालिकाको ४ वटा वडाहरू रहेका छन् । जसमा वडा १, ३०, ७ र ८ पर्दछ । त्यस्तै, उपसभापतिमा मोतीलाल उदास, सचिवमा पार्वती थापा राउत, सहसचिवमा अनु शर्मा सहित समिति १३ जना सदस्यहरू सर्वसम्मत रूपमा चयन गरिएको हो । यस कार्यसमितिको कार्यकाल ४ वर्ष रहने छ ।
को को छन् कार्यसमितिमा ?
राम्रो छ