काठमाडौँ । पोखरा विश्वविद्यालय, स्कूल अफ हेल्थ एण्ड अल्लाइङ साइन् (फिजियोथेरापि) संकाय तर्फका विद्यार्थी संगठन पुप्टासले सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् ।
पोखरा युनिभर्सिटी फिजियोथेरापि एसोसिएसन अफ स्टुडेन्टले पोखराका तीसवटा पावरहाउसस्थित विद्यालयको सेरोफेरोको सरसफाई सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष स्नेहा रानाभाटको अध्यक्षतामा सञ्चालन गरिएको उक्त कार्यक्रममा २६ जना विद्यार्थीहरूको सहभागीता रहेको थियो । उपस्थिति विद्यार्थीहरू सहित समुदायका मानिसहरूको सहभागीमा सरसफाइ कार्यक्रम सम्पन्न भएको अध्यक्ष रानाभाटले जानकारी दिनुभयो ।
कार्यक्रममा डाइरेक्टर नमूना शर्मा, संस्थाका सचिव सिजन ओझा लगायतको उपस्थिति रहेको थियो । उपस्थित सहभागीहरूले सफा गर्ने क्रममा, सबै भन्दा बढी सुर्तीजन्य पदार्थका खोलाहरू लापरबाही रुपमा फालिएको पाइएको बताएका छन् । उक्त विषयमा प्रहरी लगायतका समुदायका हरुलाई पनि जानकारी सहित ध्यानाकर्षण गराइएको छ ।
Gud job!!!
Gud job!!!