रास्वपामा उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता थपिने

दक्ष खबर 16569+ समाचार ( )
१९ मंसिर २०८२, आइतबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा ४ पदाधिकारी थपिने भएका छन् । पदाधिकारीमा उपसभापति – १, महामन्त्री – १, सहमहामन्त्री –१ र सहप्रवक्ता –१ जना थप्ने निर्णय रास्वपाले गरेको हो ।

प्रवक्ता मनिष झाका अनुसार पार्टी एकीकरण एवं विस्तारको क्रममा यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि विधान संशोधनमा समावेश हुने गरी पदाधिकारी थप्ने निर्णय भएको हो ।
यसैगरी रास्वपाले केन्द्रीय समितिको बैठकबाट पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई वटा उपसमिति गठन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा योग्य उम्मेदवार छनोटको प्रत्याभूतिका लागि पार्टी उपसभापति डा। स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

उपसमितिलाई योग्य उम्मेदवार एवं छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिने र उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय गरेको छ । यसैगरी पार्टी एकता र पार्टी समायोजनलाई सहजीकरण र निस्कर्षमा पुर्याउन पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गर्ने, उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार