पार्टीको नियमित महाधिवेशन स्थगित भएको महामन्त्रीद्वयकाे घाेषणा

दक्ष खबर 16534+ समाचार ( )
१६ मंसिर २०८२, बिहीबार
काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २६ गतेका लागि निर्धारित पार्टीको नियमित महाधिवेशन स्थगित भएको बताएका छन् ।
बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै महामन्त्रीद्वयले नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको उल्लेख गरेका छन् ।
“पार्टी विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी हो । उक्त जिम्मेवारीअन्तर्गतका कार्यहरू सम्भव भएसम्म सर्वसम्मतिले अगाडि बढाइने छ,” संयुक्त विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार