काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका सांसद डा.प्रकाश शरण महतले अहिलेको व्यवस्था नै उत्कृष्ट रहेको भन्दै यसको रक्षाको लागि सबै लाग्नुपर्ने बताएका छन् ।
आइतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यो व्यवस्था संसारभरी लोकतान्त्रिक अभ्यासको रुपमा लागू भएको भन्दै उत्कृष्ट रहेको बताएका हुन् ।
उनले भने, ‘जनताका अधिकार सुरक्षित छन् । जनताको प्रतिनीधिहरुले शासन गर्छन् । प्रतिनीधिहरुले राम्रो काम गर्न सकेनन् भने प्रतिनीधिलाई हटाउने अधिकार पनि जनतालाई नै छ । त्यसैले यो व्यवस्था संसारभरीका लागि उत्कृष्ट छ । लोकतान्त्रिक अभ्यास यसमै छ । यो भन्दा उत्कृष्ट अर्को व्यवस्था छैन भन्ने कुरामा दुईमत छैन । यो जनअधिकारको रक्षा सबैले गर्नुपर्छ ।’
उनले संसद अवरोधको कुनै औचित्य नभएको भन्दै प्रतिस्थापन विधयेक अध्यादेशबाट पास गर्न दिनुपर्ने पनि बताए ।यस्तै, नेपाली कांग्रेसका सांसद उदय शम्शेर राणाले चैत्र १५ को राजावादीहरुको गतिविधी योजनावद्ध भएको बताए ।