काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा सार्वजनिक तथा निजि विद्युतिय सवारी साधनको लागि चार्जिंग स्टेशनको निर्माण हुने भएको छ ।
साझा यातायात र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा पहिलो चरणमा नागढुङ्गा र थानकोट गरि दुई स्थानमा चार्जिंग स्टेशनको निर्माण गर्न प्रारम्भिक सर्वेक्षण तथा नेपाल विद्युत प्राधिकरण सँगको समन्वय गर्ने कार्य अघि बढेको हो ।
आज नगर प्रमुख घनश्याम गिरीज्यु तथा साझा यातायातका अध्यक्ष कनक मणि दीक्षित र महाप्रबन्धक महेन्द्र राज पाण्डेय सहितको टोलिले उक्त क्षेत्रको स्थलगत निरीक्षण कार्य सम्पन्न गरेको हो ।
निरीक्षणको क्रममा नगर प्रमुखज्युले लामो तथा छोटो दुरिको सार्वजनिक यातायात तथा निजि सवारी साधनले उक्त चार्जिंग स्टेशनबाट सेवा लिन सक्ने जानकारी दिनुभयो ।
त्यस्तै, नेपाल विद्युत प्राधिकरणले आवश्यक ट्रान्सर्फमर जडान गरे लगत्तै निर्माण कार्य शुरु हुने साझा यातायातका अध्यक्ष कनक मणि दीक्षितज्युले बताउनुृभयो।