शैली थिएटरका महासचिव एवं कार्यक्रम संयोजक सविन न्यौपाने कार्वाहीमा

दक्ष खबर 16512+ समाचार ( )
१५ आषाढ २०८२, आइतबार

काठमाडौँ । शैली थिएटरले संस्थाका महासचिव एवं कार्यक्रम संयोजक सविन न्यौपानेलाई कार्वाही गरेको छ । संस्थाको सञ्चालक समितिको बहुमत सदस्यको अनुरोधमा  बैठकले कार्यक्रम संयोजक न्यौपानेलाई कार्वाही गरेको हो । 

२०८२ साल जेष्ठ ०५ गते सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको र संस्थालाई आवश्यक परेको समयमा परीक्षा, अन्य पारिवारिक समस्या तथा प्राविधिक कारण देखाउँदै स्पष्टीकरणको समयावधि थप गरि जेष्ठ ११ गतेसम्म पठाउनुपर्ने स्पष्टीकरण आजसम्म नपठाएकोले कार्वाही गरिएको संस्थाले जनाएको छ । 

संस्थाको बैठमअनुसार न्यौपानेलाई दुई महिनाको लागि कार्वाही स्वरूप जिम्मेवारीबाट हटाइएको संस्थाले जनाएको छ । सो अवधिमा पाउने सेेवा सुविधामा समेत रोक्का गरिएको छ । 

न्यौपानेलाई थप एक मौका स्वरूप  दश दिन भित्र प्रमाणसहितको आवश्यक जवाफ दिनसमेत संस्थाले अनुरोध गरेको छ । साथै, न्यौपानेले पाउने सेवा शुल्क समेत तीन महिना नपाउने जनाईएकोछ  ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार