गोनपाको आर्थिक सहयोगमा महाँकाल भैरव संरक्षणद्वारा वृहत् रक्तदान कार्यक्रम आयोजना
४ अशोज २०८०, बिहीबार
काठमाडौँ । महाँकाल भैरव संरक्षण संस्थाको आयोजनामा गोकर्णेेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल मेडिकल कलेजको प्राविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ ।
आगामी शनिबार बृहत रक्तदान कार्यक्रम महांकाल संरक्षण संस्था, गोकर्णेश्वर -०८ डाँडागाउँ आरूबारी मन्दिर परिस।मा आयोजना हुने बताइएको छ ।
उक्त संस्थाले रक्तदान कार्यक्रममा साथ सहयोग र सहकार्य सहित उपस्थितिका लागि अनुरोध समेत गरेको छ । रक्तदान कार्यक्रम विहान ८ बजेदेखि १२ बजेसम्म हुने आयोजक संस्थाले जनाएको छ ।