क्रिकेट रंगशालाहरू प्राथमिकतामा राखेर काम अगाडि बढाएको छु : खेलकुदमन्त्री

दक्ष खबर 15665+ समाचार ( )
३ भाद्र २०८१, सोमबार

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाला चौधरीले क्रिकेट खेलाडीका लागि भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताउनुभएको  छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौँको सोल्टी होटलमा आज आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गर्दै उहाँले, 'क्रिकेट रंगशालाहरू बनाउनको लागि प्राथमिकतामा राखेर धमाधम काम अगाडि बढाएको बताउनुभयो ।' उहाँले धनगढी क्रिकेट रंगशाला, चितवनको अन्तराष्ट्रिय क्रिकेट रंगशालालगायतका खेल पूर्वाधारहरू मेरै पालामा सुरू गर्ने बताउनुभयो । 

उहाँले क्रिकेटका लागि धनगढीमा बन्‍न लागेको क्रिकेट रंगशाला सभ्य र भव्य रुपमा निर्माण हुनेमा विश्वाससमेत दिलाउनुभयो ।

 मन्त्री चौधरीले नेपालका मुख्य शहरहरूको नाममा आधारित फ्रेन्चाइज प्रणालीमा खेलिने क्रिकेट संघको उद्देश्य एकदमै सराहनीय रहेको बताउदैँ स्थानीयस्तरबाट क्रिकेट खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

 'अब नेपालका मुख्य शहरहरूको नाममा आधारित फ्रेन्चाइज प्रणाली ल्याउने क्यानको उद्देश्य सराहनीय छ,' उहाँले बताउनुभयो, 'यसबाट स्थानीयस्तरबाट क्रिकेट खेलाडी उत्पादन गर्नुपर्छ । यो क्रिकेटको दीर्घकालीन विकासका लागि उत्तम हुन्छ ।'

 नेपाली क्रिकेटले भविष्यमा पर्यटन, अर्थतन्त्र र रोजगारीलाई ठूलो टेवा पुग्‍नेमा उहाँले बिश्वस्त पार्नुभयो । टी–२० फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग आगामी मंसिर १५ गतेदेखि हुँदैछ । १५ मंसिरदेखि हुने प्रतियोगिता ६ पुससम्म चल्नेछ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार