पहिरामा परी लमजुङमा चारजनाको मृत्यु

दक्ष खबर 16456+ समाचार ( )
१२ आषाढ २०८१, बुधवार


लमजुङ . जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए ।

पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उहाँकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले राससलाई बताउनुभयो । उहाँले प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरुको शव निकालेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार