काठमाडौँ । हन्ट प्राइज पद्मकन्या मल्टिपल क्याम्पसले ग्यान्ड फिनाले सम्पन्न गरेको छ । क्याम्पसमा आयोजित एक कार्यक्रमका बिच मिस नेपाल २००९ जेनिशा मोक्तान , आईएमएस समूहका निर्देशक निर्देश द्वा, मिराई ग्लोबलका सीईओ समय खड्का रहनु भएकाे थियाे । हल्ट पुरस्कार नेपालको राष्ट्रिय निर्देशक गरिमा श्रेष्ठकाे उपस्थितिमा फिनाले सम्पन्न गरेको हो ।
'कार्यक्रममा ११ वटा टीम सहभागी रहेका थिए । उहाँहरूले आफुले देखेका समस्याहरूलाई समाधान गर्न सकिने खालको प्रोजेक्ट प्रिस्तुत गर्नुभएको', हन्ट प्राइज पद्मकन्या मल्टिपल क्याम्पस डाइरेक्टर कृशला ढकालले बताउनुभयो । उहाँले, सहभागी टिमहरूले महत्त्वपूर्ण विषयलाई समावेश गरेर प्रोजेक्ट तयार पारेको बताउनुभयो ।
प्रतियोगिताको विजेता टिम 'वन्डरकन्यास्' रहेको थियो भने उहाँहरूको विजनेसको आइडिया "ई-श्वास" रहेको थियो ।उहाँहरूले नगद १८ हजार सहित ट्रफी प्रमाणपत्र र विभिन्न संस्थाहरूको कुपन भौचर हात पार्नुभएको थियो भने, फष्ट रनरअप टिम 'सञ्जिवनी' रहेको थियो ।
उहाँहरूको विजनेस आइडिया सञ्जिवनी फुड प्रा. ली. मार्फत विभिन्न खानाको परिकार बजारमा लानु रहेको थियो ।उहाँहरूले नगद नौ हजार पुरस्कार राशी सहित ट्रफी र प्रमाडपत्र सहित विभिन्न संस्थाहरूबाट भौचरह हात पार्नुभएको थियो ।
त्यस्तै, सेकेन्ड रनरअप टिम 'न्यु होप' रहेको थियो । उहाँहरूको बिजनेस आइडिया अलो ब्यागलाई बजारिकरण गर्दै आत्मनिर्भर रहनु रहेको थियो । उहाँहरूले नगद चार हजार सहित ट्रफी प्रमाणपत्र र विभिन्न संस्थाको भौचरहरू हात पार्नुभएको थियो ।
'विद्यार्थीहरूको क्षमता र उनिहरूले आफ्नो क्षमता अभिवृद्धि सँगसँगै समस्या समाधानको लागि नयाँ नयाँ प्रोजेक्ट तयार पारेको ', मिस नेपाल २००९ जेनिशा मोक्तानले बताउनुभयो । उहाँले, हाल हाम्रो समाजमा रहेको समस्यालाई आत्मसात गर्दै सहभागी टीमहरूले समस्या र यसको बजार ब्यवस्थापन सँगसँगै यसको प्रभावकारीताबारे विस्तृत रूपमा काम गरेको बताउनुभयो ।
त्यस्तै, जज समय खड्काले,"समय सापेक्ष रूपमा सहभागी टिमहरू आधुनिकता तर्फ अगाडि बढेर आफ्नो प्रस्तुतिलाई अगाडि बढाएको बताउनुभयो ।" उहाँले, समाजमा अति आवश्यक र देशले भोगिरहेको समस्याहरूको सहज समाधान विद्यार्थीहरूले टिम वर्कमार्फत तयार पारेेको बताउनुभयो ।
त्यस्तै, जज निर्देश द्वाले, "आफ्नो आइडिया मात्र राखेर नहुने र यसलाई समाज वा बजारमा पनि लान पहल गर्नुपर्ने बताउनुभयो ।" उहाँले, विजेताले ट्रफिजित्ने र यसलाई बजारमा आफ्नो आईडिया अगाडि बढाउन नै नचाहने गरेको बताउनुभयो ।
यस भन्दा अघिल्लो पटक टिम अर्थिकाको विजेता भएको थियो । उक्त प्रतियोगितामा सहभागी रहेका सबै टिमलाई प्रमाणपत्र वितरण गरिएको थियो ।