मनकारी प्रहरी अफिसर गोमा पराजुली, जसले एक महिनाको पारिश्रमिक जाजरकोट भूकम्प प्रभावितलाई दिइन् !

दक्ष खबर 16581+ समाचार ( )
२४ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । नेपाल प्रहरीका अफिसर गोमा पराजुली (कन्चन)ले आफ्नो एक महिनाको पारिश्रमिक जाजरकोटका भूकम्प पीडितको राहतका लागि सहयोग गरेकी छिन्। 

गत  शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्र्विन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट पिडितका लागि कन्चनले एक महिनाको पारिश्रमिक राहत स्वरुप प्रदान गरेकी हुन्।

भुकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका पीडितहरूको राहत र उद्धारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिना पारिश्रमिक जम्मा गरेको हेल्प पोस्ट्का एकजना प्रतिनिधिले जानकारी दिए।

‘यो समयमा भूकम्प पीडिलाई सबैको साथ र सहयोगको आवश्यकता छ, उनले पत्रकारलाई भनिन्, ‘आफुले जे जति सकिन्छ त्यो सहयोग गर्न जरुरी छ। प्राकृतिक विपत्तिको क्षणमा सिंगो राष्ट्र नै एक भएर जुटौं, जहाँबाट जे सहयोग गर्न सकिन्छ त्यो सहयोग गरौं।’

घाइतेहरूको उद्धार र पीडितहरूका लागि राहत तथा पुनःस्थापनामा आ—आफ्नो तर्फबाट सबैलाई सहयोग गर्न समेत उनले अपिल गरिन् । निडर र हक्की स्वभावकी देखिने पराजुली राष्ट्रसेवक स्वाभिमानी प्रहरी अफिसर हुन् ।यसअघि पनि दुःखी र पीडितहरुको घाउमा मलम लगाउँदै आएकी उनी नेपाल प्रहरीमा काम गर्ने देशको रक्षा गर्ने योद्धा हुन्। नेपाल प्रहरीका संगठनमा रहेर काम गर्दै आएपनि उनले समाज सेवा छोडेकी छैनन्।

उनी निरनतर समाज सेवामा तल्लिन छिन्। उनले अहिलेसम्म काठमाडौका सडकपेटीमा रहेका अनाथ तथा पशुपति मन्दिरको छेउछाउमा उपचार नपाएर भौतारिरहेका बिरामी तथा दिन दुःखीलाई समेत उपचार गर्दै एक मानवको धर्म निर्वाह गरेकी छिन्। 

यस्तै सडकका जनावर तथा  बिशेष गरी बाँदरहरुलाई खाना खुवाउने,बाँदरका लागि प्रत्येक महिना फलफूलहरु ल्याएर खुवाउने गर्छिन् कञ्चनले। पशुपति मन्दिरमा रहेका बाँदरलाई मात्रै खाना र फलफूल खुवाउन लागेको एक दशक भइसकेको छ। पशुपति मन्दिरमा उनी जहिले पनि फलफूल बाँदर तथा गाईहरुका लागि खाना लिएर आउने गरेको पशुपति धार्मिक बिकास कोषका एक जना अधिकारीले बताए। 

उनी प्रत्येक हप्ताको शनिबार पसलहरुबाट सस्तोमा फलफूल र खाना किनेर आफ्नै स्कुटिमा हालेर कपन भागेश्वरी मन्दिर, गुहेश्वरी वरपरका ठाउँहरुमा गौमाता, काग र बाँदरहरु लाई फलफुल दिने गरेको स्थानिय ब्यापारी बिनोद चौधरीले बताएका छन्। 

यति मात्रै होइन् अर्काको घरमा भाडामा बसेर पनि जागिरबाट कमाएको सबै पैसा विभिन्न आश्रम तथा अनाथालय दिन दुःखी गरीबहरुलाई दिएको र आफुले भने, कयौं  दिन बिना पैसा हिड्ने गरेको उनका साथीहरू एवम् हितैसीहरु बताउँछन्। 

यसअघि स्थानिय  तथा प्रदेश तथा संघीय निर्वाचनका बेला कन्चनसँगै ड्यूटी गर्दा काम गर्ने जुनियर नेपाल प्रहरी एकजना कन्चनकै सहकर्मी हिरा मगर भन्छिन् “कन्चन म्यामसँग डिउटी गर्दा कहिले हामीले भोकभोकै बस्नु परेन्, खाना र खाजा किनेरै बाड्नुहुन्थ्यो, म्याम जस्तो निस्वार्थ सेवा गरिरहेका प्रहरी महिला अफिसर पाउनु गाह्रो छ तर हामीले पायौं, हामी आफूलाई भाग्यमानी ठान्छौं ।’

अर्का प्रहरी जवान जीवन किरण मगर भन्छन् “कञ्चन म्याम यो देशको साच्चिकै शान हुन्, यस्ता अफिसर पाउनु नै गाह्रो छ, कन्चन म्याम त सरकारी खाना समेत खानु हुन्न किन कि खानामा लसुन ब्याज बिनाको खाना मात्रै खानुहुन्छ, त्यो पनि उहाँको हिम्मत यो शक्ति हाम्रो भन्दा अझै अब्बल र बलियो छ अचम्म लाग्छ, धेरै माथिको हाकिमसँग भने उहाँको कुरा नै मिल्दैन आफुभन्दा ठुलो  भएकाले भगवान भन्छन् जहाँ पनि हामी उहाँका लागि ज्यान दिन तयार छौ”

यस्तै,एक जना नेपाल सरकारका सचीवले भने, ‘उनले २०७२ सालको  बिनाशकारी भुकम्पमा काठमाडौंमै पर्ने साँखुमा सम्पत्ति शुद्धिकरणको टिममा हामीसँगै जानुभाथ्यो, आफ्नो ज्यान जोखिम राखेर पनि काम गर्नुभएको थियो, भुकम्पले च्यापिएका मृतक र उनीहरुका सरसमानहरु अरुले भित्र जान नमानेको उनी त्यहीँ भित्र पसेर ती समान र मृतका लासहरु निकाल्नु भएको थियो, उनी साच्चिकै हिम्मतवाली हुनुहुन्छ, यस्ता प्रायः कमै  प्रहरी भेटिन्छन्, उनी निडर,साहसी र उत्तिकै प्रभावशाली प्रहरी अफिसर हुनुहुन्छ’

यस्तै,उमा कुण्डको आश्रमको वृद्या श्रममा रहेका वृद्धलाई आफ्नै स्कुटिमा राखेर तिल्गेस आइजको अप्रेसन गराउन तिलगंगा आँखा अस्पताल आफ्नै पारिश्रमिकबाट उपचार गरेको त्यही आश्रमका वृद्धहरु बताउँछन्। यति मात्रै होइन धेरै सेवा गर्ने ठाँउहरुमा समेत डिउटि बाहेकको समयमा उनी गरीबसँग बिताउने र आफू भोकभोकै रहेर पनि कोही खान नपाएकोलाई खाना दिने र बोकेको खाजा भोकभोकै हिड्ने बटुवालाई समेत दिने गरेको उनका साथीहरूले बताएका छन्।

यस्तै,प्रहरी अफिसर कन्चनले सेवा गरेका आश्रमहरुमा सङ्खमुल आश्रम सेवा, गाईमाता आश्रम सेवा, स्वर्गद्वारी आश्रम सेवा, मुक्तिनाथ आश्रम सेवा लगायत रहेका छन् । उनी वृद्दाआश्रमको आजिवन सदस्य समेत रहेकी छन्।

गोमा पराजुली भन्छिन “सेवा गरेको अरुले एक्सपोज गर्दा मन पर्दैन, फोटो पनि पोस्ट नगरिदिनुस्, समाचार पनि नबनाईदिनुस्, मलाई देखावटी सेवा मन पर्दैन् उनी भन्छिन्, ‘उनलाई मिडियाका पत्रकाहरुले अन्तर्वार्ताका लागि समय माग्दा समेत समय छैन् ,भन्छन् सेवा गरेर मिडियामा देखिनैपर्छ भन्ने के नै छ र? उनी भन्छिन्। 

उनी आफुलाई ठूलो र सरकारी कर्मचारी भन्न पनि मन पराउदैनन्। यसैक्रममा उनले जाजरकोटका भुकम्प पीडितहरुलाई राहात दिँदै गर्दा पत्रकारले नै खोजी गरि उनका बारेमा यी सबै जानकारी र कुराहरु बाहिर ल्याएका हुन्।

यसघि पनि उनी एकजना पत्रकारको सम्पर्कमा रहेको तर न्युजहरु र आफ्नो बारेमा केही कुरा नखोल्ने समाजसेवामा निकै तल्लीन रहेकी छिन् । उनी एक वर्ष अघि पशुपति मन्दिरमा मात्रै पुजा आराधनाका क्रममा उपचार नपाएर तड्पिरहेका र छ्ट्पटिरहेका एकजना एक जना बृद्ध उपचार नपाएर छट्पटी रहेको अवस्थामा भेटिएपछि उनले अस्पताल लगेर उपचार गराएकी थिइन् यो त एक उदाहरण मात्रै हो।

हामीलाई प्राप्त जानकारी अनुसार उनी जनसेवा पुरस्करबाट नेपाल सरकारले बिभुषित गरेको बताइएको ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार