क्रसर उद्योगमा मुख्यमन्त्री, 'ढुङगा, गिट्टी र बालुवाको स्रोतको वैधता प्रमाणीकरण नहुँदासम्म ओसारपसार नगर्न निर्देश'न

दक्ष खबर 16456+ समाचार ( )
२७ पौष २०८१, आइतबार


जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् र त्यसको प्रयोगस्थलको अनुगमन गर्नुभएको छ । उहाँले आज साँझ धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित कमलामाई क्रसर उद्योग तथा कमलामाई बालुवा प्रशोधन उद्योगको निरीक्षण अनुगमन गर्नु भएको हो । गणेशमान चारनाथ नगरपालिकाका विभिन्न क्रसर उद्योगले कमला र वरपरका अन्य खोलाबाट जथाभाबी र गैरकानुनी ढङ्गबाट उत्खनन् गरिरहेको गुनासोपछि मुख्यमन्त्री सिंहसहित धनुषाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीसहितको टोलीले क्रसर उद्योग अनुगमन गरेको हो । मुख्यमन्त्री सिंहले उद्योगमा सञ्चित रहेको ढुङगा, गिट्टी र बालुवाको स्रोत तथा तिनको वैधता प्रमाणीकरण नहुँदासम्म ओसारपसार नगर्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार