काठमाडौँ । चितवनको रत्ननगर नगरपालिकामा एक युवा माथी अज्ञात समुहबाट खुकुरी प्रहार भएको छ ।
रत्ननगर नगरपालिकाको बकुल्लर चोकमा रहेको लाल्टिन क्याफेमा नवलपुरको हर्कपुर घर भएका सौगात सापकोटा माथि अज्ञात समुहले खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन।
घाइतेको नाम सैगात सापकोटा रहेको खुल्न आएको छ । घटनामा ४ जना सहभागी रहेको र सेतो कलरको स्फिप्ट कार मार्फत शक्ति खोर तर्फ भागेको स्थानीयले बताएका छन् ।
घाइतेको भरतपुर मेडिकल कलेजमा उपचार भईरहेको जनाइएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।