जी. पि कोइराला कलेजमा 'पेन्सिल ड्रइङ्ग आर्ट कम्पिटिसन' हुँदै

दक्ष खबर 15672+ समाचार ( )
१९ जेठ २०८१, शनिबार

काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा जी. पि कोइराला कलेजमा 'पेन्सिल ड्रइङ्ग आर्ट कम्पिटिसन' आयोजना गरिएको छ । 

फाउन्डेसन फर हेल्पले आयोजना गरेको प्रतियोगिताले विद्यार्थीहरूको क्षमता अभिवृद्धि‌ गर्नका लागि साथै चित्रकलाको माध्यमबाट वातावरण सम्बन्धी जनचेतना फैलाउनका लागि यो कार्यक्रम आयोजना गरिएको बताइएको छ । 

'उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका‌बाट करिब २५० विद्यार्थीहरू र ४७ वटा विद्यालयले  सहभागीता जनाउँने',  संस्थाका संयोजक निशा तामाङले बताउनुभयो । 

 साथै, उहाँले विद्यार्थीमा प्रतियोगिताले उत्सुकता छाएको र यसपटकको नारा 'हाम्रो भूमि‌, हाम्रो भविष्य'मा आधारित रहेको‌ उहाँलाले बताउनुभयो । उहाँले निर्णायक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट रहेको र विजेता विद्यार्थीलाई मेडल, राशि र प्रमाणपत्रको व्यवस्था गरिएको‌ बताउनुभयो । 

फाउन्डेसन फर हेल्पले आयोजना गरेको प्रतियोगितामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान सहकार्यको रूपमा रहेको छ । साथै, जी. पि कोइराला मेमोरियल कलेज, शाहि कन्सर्टकसन र जी.पि कोइराला मेमोरियल सामाजिक कल्याण विद्यार्थी परिषद् क्लब सँगको सहकार्यमा प्रतियोगिता आयोजना भएको हो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार