सामाजिक सञ्जाल सम्बन्धी विधेयक नियन्त्रण र बन्द गर्न ल्याइएको होइन : सञ्चारमन्त्री

दक्ष खबर 16456+ समाचार ( )
२८ पौष २०८१, सोमबार

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल सम्बन्धी विधेयक नियन्त्रण र बन्द गर्न नभइ नियमन गर्न ल्याइएको बताउनुभएको छ ।

संसद भवन परिसरमा सोमवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विधेयकमा कतै बन्द गर्ने भनेर लेखिएको छ र ? भन्दै प्रश्न गर्नुभयो । उहाँले विधेयकमा नियमन गर्नेकुरा लेखिएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा बन्द गर्ने कुरा गरिएको छैन । नियमन गर्नेकुरा गरिएको छ । नियमन गर्न विधेयक ल्याएको हो । बन्द गर्न, नियन्त्रण गर्न ल्याइएको होइन । संसदबाट पास हुन्छ ।’

विधेयक संसदबाट पारित हुने भएकाले निर्णय संसदले नै गर्ने बताउनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार