विपद् जोखिम न्यूनीकरण गर्न हामीलाई सामान, स्रोत, प्रविधिको अझै पनि केही अपर्याप्तता छ : गृहमन्त्री

दक्ष खबर 6037+ समाचार ( )
२० असार २०८०, बुधवार

गृहमन्त्री । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम न्यूनीकरण गर्न हामीलाई सामान, स्रोत, प्रविधिको अझै पनि केही अपर्याप्तता रहेको बताउनु भएको छ ।

उहाँले सरकारले गरेका कामलाई सकारात्मकरूपमा लिनुपर्ने बताउनुभएको छ । पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारका कामलाई नकारात्मक दृष्टिले मात्रै हेर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले जति काम गरेको छ त्यसलाई सकारात्मकरूपमा लिनुको सट्टा जति गरे पनि नकारात्मक हेर्ने दृष्टिकोणबाहेक केही पनि होइन ।” भूटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा प्रहरीले स्वच्छ र स्वतन्त्र अनुसन्धान गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वच्छ, स्वतन्त्र अनुसन्धानको आधारमा तथ्य र प्रमाणले जे देखाउँछ, त्यो विन्दुसम्म सरकार पुग्छ ।” यस विषयमा अरु ढङ्गले सोच्नुपर्ने आवश्यकता नरहेको उहाँको भनाइ थियो ।

बर्सात सुरु हुने समयमा विपद्को तयारी के छ भन्ने पत्रकारको प्रश्नमा उहाँले विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापनअन्तर्गत तयारीको कामलाई व्यवस्थित र प्रभावकारी बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई सामान, स्रोत, प्रविधिको अझै पनि केही अपर्याप्तता रहेको छ । तैपनि हामीले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका सन्दर्भमा यसलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार लागेको छ ।” फरक प्रसङ्गमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीले सरकार बनाउन भारतले सहयोग गरेको भन्ने कुरा सत्य नरहेको बताउनुभयो । बाहिर आएका समाचार हेर्दा पनि प्रधानमन्त्री बन्न भारत जानुपर्छ भन्ने नदेखिएको उल्लेख गर्दै उहाँले नेपालको प्रधानमन्त्री नेपालको संसद्ले निर्वाचित गर्ने बताउनुभयो । जननिर्वाचित सरकार र जनताको शासन प्रणालीका निम्ति सबैभन्दा बढी सङ्घर्ष गर्ने नेताले यहाँको सरकार बनाउनका निमित्त विदेशको मुख ताक्ने वा विदेशतर्फ धाउने कुरा हुन नसक्ने उहाँको तर्क थियो । उहाँले भन्नुभयो, “यस विषयमा प्रधानमन्त्रीज्यूले आफ्नो धारणा सार्वजनिक गर्नुहुन्छ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार